एजेन्सी- आफ्नो स्टाइलका कारण बलिउडमा सँधै चर्चामा रहने नायिका हुन मलाइका आरोरा । धेरै फिल्ममा हिट आइट डान्स गरेकी मलाइकालाई छइयां छइयां ,मुन्नी बदनाम हुई जस्ता आइटम गीतले चर्चाको शिखरमा पुर्यायो ।
उनी व्यक्तिगत जीबनका कारण पनि चर्चा रहन्छिन् । सलमान खानकी भाइ अरबाज खानसँग मलाइका २०१७ सालमा अलग भएकी हुन । बिहे अघि ५ वर्ष सम्म् एक अर्कालाई डेट गरेर बिहे गरेको यो यो जोडी २०१७ मा अलग भएका थिए ।
अरबाज र मलाइका फरक धर्मका भएकै कारण एकै दिन दुई पटक बिहे गरेका थए । पहले चर्च मा ईसाई रीति रिवाज अनुसार बिहे गरे भने पछि इस्लामिक । मलाइका र अरबाजका एक छोरा अरहान खान छन् ।
मलाइकाले डिर्भोसमा अरबाजसँग १० करोड रुपैया मागेकी थिइन् । उनले १० करोड भन्दा कम लिन सोच बनाए पनि तर उनले सोचे भन्दा बढी रकम अरबाजले दिएका थिए । अरबाजले मलाइकालाई १५ करोड दिएका थिए । अरबाज विदेशी प्रेमिका जर्जियासँग प्रेममा रहेका बेला यता मलाइका अर्जुनको प्रेममा चुर्लुम्म छिन् ।यो जोडीले छिट्टै बिहे बताइएको छ ।