अधोगतितिर लम्किरहेका असफलताका भारीले किचिएका, ईष्याले जल्दाजल्दै खुम्चिएका र उद्देश्यहीन यात्रीहरुबीचको एकताले के सत्साह पैदा गर्छ ? — OSNepal

अधोगतितिर लम्किरहेका असफलताका भारीले किचिएका, ईष्याले जल्दाजल्दै खुम्चिएका र उद्देश्यहीन यात्रीहरुबीचको एकताले के सत्साह पैदा गर्छ ?

LC (KTM) July 22, 2022 0

काठमाडौं ६ साउन । नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।

अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी त्याग गरेका डा बाबुराम भट्टराईलाई एकता गरी समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका थिए ।

सोही अभिव्यक्तिलाई लिएर नेता रिजालले अधोगतितिर लम्किरहेका, उत्तराद्र्धमा पुगेका, परीक्षण भइसकेका उद्देश्यहीन यात्रीहरुबीचको एकताबाट समाजवादी केन्द्र बनाए पनि त्यसले के उत्साह पैदा गर्दछ भन्दै आलोचना गरेका हुन् ।

मिलेर चुनाव लड्दा पनि हविगत देखिएको बताएका उनले भनेका छन् ‘केही दिनअघि कांग्रेस नेता मीनेन्द्र रिजालले आँकडाासहित माओवादीको ८ सिटभन्दा बढी नआउने विश्लेषण गरेका छन् ।एसका बारेमा धेरै भनिरहनै परेन, बाबुरामलाई अस्थिरताले एक ठाउँमा अडिनै दिएको छैन ।’

सामाजिक सञ्जाल मार्फत नेता रिजालले अधोगतितिर लम्किरहेका, उत्तराद्र्धमा पुगेका, परीक्षण भइसकेका, असफलताका भारीले किचिएका, ईष्याले जल्दाजल्दै खुम्चिएका र उद्देश्यहीन यात्रीहरुबीचको एकताबाट समाजवादी केन्द्र बनाए पनि त्यसले केहि उत्साह पैदा नगर्ने बताएका छन् ।

उनले अघि भनेका छन्, ‘यस्ता अधोगतितिर लम्किरहेका, उत्तराद्र्धमा पुगेका, परीक्षण भइसकेका, असफलताका भारीले किचिएका, ईष्याले जल्दाजल्दै खुम्चिएका र उद्देश्यहीन यात्रीहरुबीचको एकताबाट समाजवादी केन्द्र बनाए पनि त्यसले के उत्साह पैदा गर्दछ र ? मिलेरै चुनाव लड्दा हविगत देखिएकै छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर