प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत–३’ भारतका १५ सय हलमा प्रदर्शन हुने — OSNepal

प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत–३’ भारतका १५ सय हलमा प्रदर्शन हुने

LC (KTM) July 22, 2022 0

काठमाडौं:

अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगीत–३’ भारतका १५ सय हलमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षका अनुसार भारतमा ‘विश्वजितम’ को नामबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई भारतभर १५ सय हलमा प्रदर्शन गरिने छ । स्व। छेतेन गुरुङ तथा सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण गरिएको यो चलचित्र कोरोना महामारीका कारण प्रदर्शन रोकिएको थियो । सो समयलाई सदुपयोग गर्दै निर्देशक सेनले हिन्दीमा समेत प्रदर्शन गर्ने जमर्को गरे ।

निर्माण पक्षले लामो समयसम्म भारतमा बसेर यो कामलाई अगाडि बढायो ।सौर्य दैनिकमा खबर छ । भारतका नाम चलेका भ्वाइस आर्टिस्टबाट चलचित्रलाई हिन्दीमा डबिङ पनि गराइएको थियो । केही समयअघि ‘विश्वजितम’ नामबाट हिन्दीमा प्रदर्शन गरिने तय भएपछि चलचित्र भारतमा वितरण गर्ने कम्पनीले १५ सय हलमा प्रदर्शन गर्ने निर्माण पक्षले जानकारी दिएको छ । अहिले भारतमा चलचित्रको प्रदर्शनलाई लिएर गर्नुपर्ने काम र चलचित्रको प्रचार प्रसारका लागि निर्माण पक्ष लागिरहेको छ ।

दुई सय वर्षअघिको प्रेमकथालाई आधार बनाएर यो चलचित्र निर्देशक स्व। छेतेन गुरुङ र मन्दीप गौतमले लेखेका हुन् । चलचित्रमा अभिनेता प्रदीपसँगै अभिनेत्री कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, मनिष राउत लगायतका कलाकारको अभिनय छ । चलचित्र नेपालमा ७ असोजबाट प्रदर्शनमा आउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर