मलाईकासँग प्रेममा परेपछि ऋणमा डुबेका अर्जुन कपुरले ऋण तिर्न घर बेचे, के मलाईका नफाबेकी हुन् अर्जुनलाई ? — OSNepal

मलाईकासँग प्रेममा परेपछि ऋणमा डुबेका अर्जुन कपुरले ऋण तिर्न घर बेचे, के मलाईका नफाबेकी हुन् अर्जुनलाई ?

LC (KTM) July 22, 2022 0

मुम्बई :

कोरोनाको कहरले धेरैलाई आर्थिक रुपमा सखाप बनायो । यस्तो कोरोनाको कारण दुई वर्षसम्म फिल्म उद्योग बन्द हुँदा बलिउडका कलाकारहरुले पनि ठुलो आर्थिक मन्दी बेहोर्नु परेको छ ।

यसै क्रममा बलिउड अभिनेता अर्जुन कपुरले ऋणका कारण यतीबेला आफ्नो एउटा घर बेच्नु परेको छ । यतीबेला उनी आफ्नो घर बेचेको समाचारले चर्चामा छन् । उनले बान्द्रा वेस्टमा रहेको आफ्नो अपार्टमेन्ट १६ करोडमा बेचेको बताइएको छ । केसी मार्गमा रहेको भवनको १९ औं तल्लामा रहेको ४ हजार ३६४ स्क्वायर फिटको फ्ल्याट छ । यो एकदम गजब छ ।

तर अर्जुन कपुरले किन बेचेका हुन् भन्ने जानकारी भने खुलेको छैन । उनी ठुलै ऋणमा रहेका कारण त्यो घर बेच्नु परेको बताईएको छ ।खरिदकर्ता शंकर भोइर र सत्येन भोइरले आर्थिक समस्याका कारण आफुहरुलाई अर्जुन कपुरले घर बेचेको बताएका छन् ।राजधानि दैनिकमा खबर छ । बिक्री भएको घरको कगजपत्रमा अर्जुनकी बहिनी अंशुला कपुरले हस्ताक्षर गरेकी छन् । अपार्टमेन्ट दर्ताका लागि तिरेको मुद्रा शुल्क ९६ लाख थियो । यद्यपि, जब उनी सम्पत्तिको मालिक थिए ।

अभिनेता अर्जुन कपुर केही समय यताबाट बलिउडका नृत्य कलाकार मलाईका अरोर खानसँग लिभिङ टुगेदरमा बस्दै आएका छन् । फिल्मबाहेक अर्जुनको विभिन्न व्यबसाय पनि छ । उनी आफैं पनि फिल्म निर्माणमा समेत आबद्ध छन् । कोरोना कालमा उनको व्यबसायमा पनि निकै मन्दी छायो । तसर्थ आर्थिक समस्याका कारण उनले घर बेचेको बताईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर