आज पनि धेरै भारी’ वर्षाको सम्भावना, सतर्क रहन आग्रह — OSNepal

आज पनि धेरै भारी’ वर्षाको सम्भावना, सतर्क रहन आग्रह

LC (KTM) June 20, 2021 0

काठमाडौँ-आज पनि देशभर भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार विभिन्न स्थानमा ‘भारी’ वर्षा र केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार र मंगलबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङसहित भारी वर्षा साथै प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा ‘धेरै भारी’ वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सर्तक रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर