स्वास्थ्य मन्त्रालयले भन्यो, विदेश जाने व्यक्तिको पिसिआर परिक्षणको लागि थप प्रयोगशालालाई अनुमति दिइएको छैन — OSNepal

स्वास्थ्य मन्त्रालयले भन्यो, विदेश जाने व्यक्तिको पिसिआर परिक्षणको लागि थप प्रयोगशालालाई अनुमति दिइएको छैन

LC (KTM) June 20, 2021 0

काठमाडौं असार ६ । विदेश जाने व्यक्तिको कोभिड १९ संक्रमणको पिसिआर परिक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप प्रयोगशालालाई अनुमति नदिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले हिजो शनिबार विज्ञप्ति एक विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएका हुन् ।

जारी गरिएको विज्ञप्तीमा सबै सरकारी प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल र ‘ए’ वर्गका निजी प्रयोगशालाबाहेक अन्यलाई अनुमति नदिने उल्लेख गरिएको छ । केही सञ्चार माध्यमहरुमा विदेश जानको लागि पिसिआर परिक्षण गर्नको लागि अन्य प्रयोगशालालाई पनि अनुमति दिएको समाचार गलत भएको भन्दै त्यसको मन्त्रालयले विज्ञप्ती जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर