धेरै थरी तरकारी भएको खाना चार वर्ष अघि अमेरिकामा खाएको हुँ, नेपालमा एक थरी नै खाने हो : ज्ञवाली — OSNepal

धेरै थरी तरकारी भएको खाना चार वर्ष अघि अमेरिकामा खाएको हुँ, नेपालमा एक थरी नै खाने हो : ज्ञवाली

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आफुले अमेरिका रहँदा खाना खाएको तस्विरलाई आलोचना भएपछि मुख खोलेका छन् ।

केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा ज्ञवालीले महंगी अचाकली बढेको भन्दै सर्वसाधारणको चुल्हो नबलने अवस्था आएको भन्ने अभिव्यक्ति दिएका थिए ।
यो महंगीले आफु पटकपटक सांसद र मन्त्री भइसकेपनि भान्छामा एक थरी मात्र तरकारी खाने गरेको बताए थिए ।

तर उनले दिएको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ । उनले खाना खाइरहेको एउटा तस्वीर भाइरल भइरहेको छ । जसमा उनले खाना खाइरहेको टेबल विभिन्न परिकारहरुले भरिभराउ देखिएको छ ।

यो तस्विर भने आजभन्दा चार वर्ष अगाडि अमेरिका बसाइका क्रममा एक नेपालीको भान्सामा खिचिएको अमेरिका निवासी भरतराज ज्ञवालीले पुष्टि गरेका छन् ।

यस विषयमा ज्ञवालीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर स्पष्ट पारेका हुन् । मुलुकमा मूल्यवृद्धि नियन्त्रणमा सरकारविहीनता देखिएको समेत उनले बताए ।

साथै बैठकमा उनले सरकारले जनतालाई कुनै राहत दिन नसकेको र मुल्यवृद्धिको कुरा उठाउँदा सत्तारुढ दलका कार्यकर्ताले आफ्नो अमेरिकामा छँदा खाना खाएको फोटोलाई ट्रोल बनाएको तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर