झलनाथ खनालको प्रश्न : हाम्रो देशको सरकार क्याबिनेटभन्दा बाहिरतिर कता छ ? — OSNepal

झलनाथ खनालको प्रश्न : हाम्रो देशको सरकार क्याबिनेटभन्दा बाहिरतिर कता छ ?

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राममा सहभागी नहुने भनेर आज सम्म पनि पत्र नपठाएको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन् ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेता खनालले यस्तो अशन्तुष्टि व्यक्त गरेका हुन् । ‘के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कता छ कार्यकारी अधिकार ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

साथै नेता खनालले मुलुकमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको समेत बताए । तत्काल चियाको अक्सन सेन्टर खोल्न माग गरेका उनले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले समस्या भोग्नु परेको बताए ।

‘सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ । राज्यले बजार खोज्न भुमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकहरुले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन’ खनालले बैठकमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर