पहिरोले थुनिएको मर्स्याङ्दी नदीले आफैँ बाटो बनाएर बग्न थाल्यो — OSNepal

पहिरोले थुनिएको मर्स्याङ्दी नदीले आफैँ बाटो बनाएर बग्न थाल्यो

LC (KTM) June 20, 2021 0

काठमाडौँ ६ असार । पहिरोले थुनिएको मर्स्याङ्दी नदीले आफैँ बाटो बनाएर बग्न थालेको छ । हिजो शनिबार दुवैतिरबाट पहिरो जाँदा मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएर ताल बनेको मर्स्याङ्दी नदी आफैं बग्न थालेको हो ।

जसले गर्दा तत्कालकोल खतरा भने टरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले दिएको जानकारी अनुसार आफै बाटो बनाएर बग्न थालेको नदीको छेउमा छाउमा सानो ठुलो पहिरो गएपनि नदी थुनिने सम्मभावना नभएकोले खतार हुने सम्भावना पनि कम रहेको छ ।

नदी जमेर ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो तर पनि नदी खुलेपनि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै प्रहरीले पुर्वसुचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर