जनार्दन शर्मासँग संसदीय समितिको तीन घण्टा लामो सोधपुछ — OSNepal

जनार्दन शर्मासँग संसदीय समितिको तीन घण्टा लामो सोधपुछ

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले तीन घण्टा लामो बयान लिएको छ ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराई करको दर हेरफेर गरेको र त्यससम्बन्धी प्रमण नष्ट गर्न सीसीटीभी फुटेज डिलिट गरेको विषयमा समितिले आज बिहिबार बिहान सिंहदरबारस्थित कार्यालयमा बोलाएर बयान लिएको हो ।

बयानमा आफुमाथि लागेका आरोप लगत भएको भन्दै आफुले मुलुकको अहित हुने काम नगरेको जिकिर गरेका छन् ।

समितिले यसअघि यस विषयमा अर्थ र राजश्व सचिवसहित अर्थ मन्त्रालयका अधिकारीसँथग सोधपुछ गरिसकेको छ । तीन घण्टा लामो बयाननपछि बाहिर निस्किएका शर्माले सञ्चारर्मीको प्रश्नको जवाफ भने दिएनन् ।

शर्माले आफुलाई सोधेको कुरा समितिलाई भनेकोले बाँकी सबै कुरा समितिले नै भन्ने भन्दै बारिह निस्किएका छन् ।

प्रचलित विधि र प्रक्रियाबाहिर गएर अनधिकृत व्यक्तिको सहयोगमा बजेट निर्माण नगरिएको
बयान दिएका शर्माले आफ्नो विश्वास नभए मन्त्रालयमा सुरक्षामा खटिने प्रहरी र पीएसओसँग सोध्न छानबिन समिति सदस्यहरुलाई आग्रह समेत गरेका छन् ।

शर्माले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई सहभागी गराई करको दर हेरफेर गरेको आरोप लागेपछि असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर