प्रचण्डको बाबुरामलाई प्रस्ताव : पार्टी एकता गरौं,पार्टीको नाम नेकपा समाजवादी केन्द्र राखौं — OSNepal

प्रचण्डको बाबुरामलाई प्रस्ताव : पार्टी एकता गरौं,पार्टीको नाम नेकपा समाजवादी केन्द्र राखौं

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई पार्टी एकताको प्रस्ताव राखेका छन् ।

ललितपुरस्थित एक घरमा बिहीबार बिहान प्रचण्ड र बाबुरामबीच भएको वार्तामा प्रचण्डले जसपाबाट अलग भएपछि जसपा पुगर्गठनको घोषणा गरेका भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउने प्रस्ताव गरेका हुन् ।

प्रचण्डको निजी सचिवालयले दिएको जानकारी अनुसार जवाफमा भट्टराईले यस विषयमा छलफल गर्दै जाने बताएका छन् ।

केही समयअघिसम्म कम्युनिष्ट पार्टीको नामै सुन्न नचाहने भट्टराई जसपा छाडेपछि भने परम्परागत धारको कम्युनिष्ट पार्टीबाट माथि उठ्ने सर्तमा नेकपा नाम राख्न सहमतजस्तै देखिन थालेको स्रोतको दावी छ ।

यसअघि प्रचण्ड र बाबुरामबीच मंगलबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर