जनार्दन शर्माको बयान : बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन — OSNepal

जनार्दन शर्माको बयान : बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन

LC (KTM) July 21, 2022 0

काठमाडौं ५ साउन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको दावी गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागि गराई करको दर हेरफेरको गरेको आरोप लागेपछि शर्मामाथि छानविन गर्न बनेको संसदीय विषेश समितिले आज सिंहदरबारस्थित समितिको बैठक कक्षमा बयान लिएको हो ।

बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताएका उनले भने ,‘त्या को भित्र आयो को गयो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन अरु मर्यादापलकहरु हुन्छन । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएक थाहा भैहाल्थियो ।’

साथै, सोधपुछका क्रममा शर्माले सिसीटिभी फुटेज कहिलेसम्म रहन्छ भन्ने जानकारी मन्त्रीलाई थाहा नहुने भन्दै भिडियो कहिले सम्म रहन्छ के हुन्छ भन्ने विषय आफुलाई थाहा नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर