महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरीलाई माइतीको सम्मान — OSNepal

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरीलाई माइतीको सम्मान

LC (KTM) June 20, 2021 0

महोत्तरी-महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरीले दाइजो, बालविवाह, तलाक, अनमेल तथा बहुविवाह समृद्धि र विकासको वाधक रहेको बताउनुभएको छ । महोत्तरीको मटिहानी पुग्नुभएकी मन्त्री चौधरीले आफ्नै सम्मानमा मटिहानी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यी सामाजिक विकृति नहटेसम्म समृद्धि र सुखको अनुभूति लिन नसकिने बताउनुभएको हो । मटिहानी मन्त्री चौधरीको जन्मस्थल (माइती) हो । जनता समाजवादी पार्टीकी नेत्री मन्त्री चौधरीले छोरी शिक्षालाई बढावा दिन नगरप्रमुख हरिप्रसाद मण्डलसहित स्थानीय जनप्रतिनिधिसँग अपिल गर्नुभयो ।

निषेधाज्ञाबीच बेहुला बेहुली मोटरसाइकलमा-सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गर्नुभएको हो । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर