फिलिपिन्समा गयो ५,८ म्याग्नीच्यूडको भूकम्प — OSNepal

फिलिपिन्समा गयो ५,८ म्याग्नीच्यूडको भूकम्प

LC (KTM) May 12, 2021 0

मनिला, २९ बैशाख – भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम्प गएको छ । फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ११० किलोमिटर गहिराईमा रहेको थियो । केन्द्रले यस भूकम्पबाट थप परकम्पहरु उत्पन्न हुन सक्ने भए पनि त्यति क्षति नगर्ने जनाएको छ । यस भूकम्पको धक्का मेट्रो मनिलामा पनि अनुभव गरिएको थियो ।

विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु भएको छ । कूल १६ करोड ४ लाख व्यक्ति कोरोना संक्रमित भएकामा करिब १३ करोड ८१ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।साथै, करिब एक लाख व्यक्ति विश्वभर गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका छन् ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म ५ लाख ९६ हजार ९४६ जनाको मृत्यु भएको छ । त्यसपछिका निकै असर परेका मुलुकहरुमध्ये ब्राजिलमा ४ लाख २५ हजार, भारतमा २ लाख ५४ हजार, मेक्सिकोमा २ लाख १९ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २३ हजार, रसियामा १ लाख १३ हजार र फ्रान्समा १ लाख ६ हजार व्यक्तिको मृत्यु भएको छ । युरोप र उत्तर अमेरिकामा कोभिड–१९ विरुद्धको खोप अभियान तिब्र पारिएसँगै कोरोनाभाइरसको संक्रमण र मृत्युदर दुबैमा कमी आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर