लण्डनको ब्रनेल विश्वविद्यालयबाट ब्रनेल गोल्ड अवार्ड जितिन ‘कबड्डी ४’की नायिका मिरुनाले — OSNepal

लण्डनको ब्रनेल विश्वविद्यालयबाट ब्रनेल गोल्ड अवार्ड जितिन ‘कबड्डी ४’की नायिका मिरुनाले

LC (KTM) July 20, 2022 0

काठमाडौं । अभिनेत्री मिरुना मगरले लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्वर्णपदक जितेकी छन् । लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण मात्र नगरी उनले ब्रनेल गोल्ड अवार्ड हात पार्न सफल भएकी हुन् ।

बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन् । यसबारे सामाजिक सञ्जालबाट खुसी साट्दै उनले उतारचढावसहित आफूले यो उपलब्धि हासिल गरेको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन् ‘नगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु । कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ । यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ । मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु ।’

यसो त यहि वर्ष उनले केही तितोे अनुभब पनि बटुल्न पर्यो । यो वर्ष उनले फुर्वा लामा प्रकरणमा तानिएपनि उनी अभिनित फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो । कबड्डी ४ अहिले पनि अहिले पनि हलमा चलिरहेको छ भने उनी अभिनित फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा छ । फिल्मले ५१ दिन मनाउन सफल भइसकेको छ । फिल्ममा मिरुनाको अभिनयलाई दर्शकले अत्यन्तै मन पराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर