अब इन्जिनियर बन्न लाइसेन्स अनिवार्य — OSNepal

अब इन्जिनियर बन्न लाइसेन्स अनिवार्य

LC (KTM) July 20, 2022 0

काठमाडौं ४ साउन । अब इन्जिनियर बन्न पनि लाइसेन्सको चाइने भएको छ । बुधबार बसेको संसद बैठकमा नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक पारित भएको हो ।

उक्त विधेयक अनुसार चिकित्सक, नर्स, वकिल। शिक्षकजस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स व्यवस्था गरिएको छ ।

लाइसेन्स पाएपछि मात्र इन्जिनियरले पेशा गर्न पाउने विधेयकमा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले लाइसेन्स लिन परीक्षा अनिवार्य गरिएपछि गुणस्तरमा उठेको प्रश्नको स्वतस् निरुपण हुने दावी गरे ।

प्रतिनिधि सभाको बैठकबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा जाने भएको छ । विधेयकले इन्जिनियरिङ परिषदलाई सातै प्रदेशमा शाखा कार्यालय खोल्न पाउने, अनलाइन मार्फत सेवा प्रदान गर्न सक्ने लगायतका सुविधा पनि दिएको छ ।

अब राष्ट्रपतिले प्रमाणिकरण गरेको ३० दिनपछि इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने व्यवस्था सहितको विधेयक लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर