आगामी चुनावबाट एमाले सरकारमा फर्केर जनतालाई वर्तमान सरकारले दिएको पीडा अन्त्य गर्नुपर्छ : ओली — OSNepal

आगामी चुनावबाट एमाले सरकारमा फर्केर जनतालाई वर्तमान सरकारले दिएको पीडा अन्त्य गर्नुपर्छ : ओली

LC (KTM) July 20, 2022 0

काठमाडौं ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्केर जनतालाई वर्तमान सरकारले लिएको पीडा अन्त्य गर्नु पर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने भएकाले त्यसको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ, ‘यी उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ ।’ ओलीले भने ।

राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने
दावी गरेका उनले एमाले जस्तो पार्टी जसले राष्ट्रियता, जननजीविका, सुशासनका प्रश्न आदिलाई र बाह्य सम्बन्धलाई पनि सन्तुलित र उपयुक्त ढंगबाट बढाएर राष्ट्रिय हितको रक्षा, सम्बद्र्धन गर्न सक्छ त्यो भनेको एमालेको सरकार भएको जिकिर समेत गरे ।

देशको समृद्धिको विकासको जुन लय थियो, त्यसलाई अगाडि बढाउने, बाटोमा लान सक्ने एमालेमात्र रहेको उनको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर