संसदीय विशेष समितिले आज जनार्दन शर्मा बोलाएर सोधपुछ गर्दै — OSNepal

संसदीय विशेष समितिले आज जनार्दन शर्मा बोलाएर सोधपुछ गर्दै

LC (KTM) July 20, 2022 0

काठमाडौं ४ साउन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समिति समितिको आज बस्ने बैठकमा शर्मालाई बयानका लागि बोलाइएको छ।

सिंहदरबारमा बस्ने समितिको बैठकमा शर्माको बयान लिने भएको छ । बजेट निमार्ण कार्यमा अनधिकृत व्यक्तिको सहभागिता गराएको विषयमा सोधपुछ गरिने भएको हो ।

असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएपछि शर्मामाथि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो ।

यस अघि समितिले मन्त्रालयका अर्थ सचिव र राजस्व सचिव, सहसचिव र अन्य कर्मचारीसँग सोधपुछ गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर