गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंक कार्यालय अगाडि प्रदर्शन — OSNepal

गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंक कार्यालय अगाडि प्रदर्शन

LC (KTM) July 20, 2022 0

काठमाडौं ४ साउन । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै प्रदर्शन गरेका छन् ।

गर्भनर अधिकारीको शैक्षिक योग्यमा प्रश्न उठेको र एम अधिकारीको नाममा नेकपा एमालेको अर्थ विभाग सदस्य बनेको भन्दै विद्यार्थी संगठनहरुले राष्ट्र बैंक कार्यालय अगाडि कालो ब्यानर टाँगेर प्रर्दशन गरेका हुन् ।

संगठनको आज बुधबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय र देशभरिका कार्यालयमा कालो ब्यानर राख्ने, साउन ५ गते प्रज्ञा भवनको डबलीमा कार्टुन प्रदर्शन तथा अन्तर्क्रिया कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।

साथै, साउन ७ गते सांसदहरुलाई गभर्नर बर्खास्तीको आवाज उठाउन दबाव दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर