अष्ट्रेलियामा पूजाले गरिन् ‘म यस्तो गीत गाउँछु २’को भव्य शो, यी ३ शहरमा पूजासँगै बसेर दर्शकले फिल्म हेर्न पाउने — OSNepal

अष्ट्रेलियामा पूजाले गरिन् ‘म यस्तो गीत गाउँछु २’को भव्य शो, यी ३ शहरमा पूजासँगै बसेर दर्शकले फिल्म हेर्न पाउने

LC (KTM) July 20, 2022 0

काठमाडौँ:

गत साता आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’को विशेष शोका लागि अष्ट्रेलिया उडेकी नायिका पूजा शर्माले भव्य शोको आयोजना गरेकी छिन् । अष्ट्रेलिया पुगे लगत्तै फिल्मको पहिलो शो सोमबार अष्ट्रेलियाको न्यू क्यासलमा भव्य रुपमा सम्पन्न गरेकी पूजाले बाँकी शोहरु अष्ट्रेलियाका विभिन्न ३ शहरमा गर्दैछिन् ।

न्यू क्यासलमा भव्य रुपमा शो सम्पन्न भएपछि नायिका पूजा शर्मा सोमबार नै सिड्नी पुगेकी छिन् । सिड्नीमा जुलाई २२ तारिखमा बेलुकी ६ बजे सिभिक थिएटरमा शो आयोजना हुन लागेको शोको विदेश राइट्स लिएको नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले जानकारी दिए ।

नेपालमा सुखद कमाई गरेको र दर्शकले पनि उत्कृष्ट प्रतिक्रिया पाएता पनि पूजाले २० लाख पारिश्रमिक लिएर काम गरेको सम्झना बिर्सना नेपालमा प्रर्दशन भइरहँदा सुटुक्क आफ्नो फिल्मको प्रर्दशनका लागि अष्ट्रेलिया गएको भन्दै निर्माता निर्देशकले दुखेसो पोखेका छन् । सम्झना बिर्सनाको प्रमोशनमा खुलेर नलागेको आरोप पूजालाई लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर