काठमाडौं ३ साउन । तत्कालिन अर्थमन्त्री जर्नादन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको बैठक आज मंगलबार पनि बस्ने भएको छ ।
बजेट निमार्णमा अनाधिकृत व्यक्तिलाई प्रवेश गर्न लगाई करको हेरफेर गरेको अभियोग लागेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज पनि बस्न लागेको हो ।
११ सदस्यीय उक्त समितिको आजको बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।
जेठ महिनाको फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सीसीटीभी फुटेज दिन आनाकानी गरेपछि हार्ड डिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।