जनकपुरधाम २ साउन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादीको ठुलो संख्याका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्न लागेको खुलासा गरेका छन् ।
सोमबार जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
सबै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि माधव नेपाल एमालेमा फर्किने बाहेक अन्य कुनै विकल्प नभएको समेत जिकिर गरेका छन् ।
माओवादीमा प्रवेश गरेपनि अलगै कम्युनिष्ट पार्टीको रुपमा अस्तिव जोगाउन गाह्रो हुने बताएका उनले भने, ‘जनयुद्धलाई आधार मानेर हाम्रा नीति तथा कार्यक्रमहरु विघटित भएका छन् त्यो मानेर माधवजीलाई जानुपर्छ । तर, त्यो मान्न उहाँलाई गाह्रो छ । त्यसैले उहाँ जान पनि सक्नुहुन्न ।’
आउने साथीलाई बडो स्वागतका साथ पार्टीमा ल्याउनुपर्ने बताएका उनले जति धेरै मान्छे आउँछ त्यति राम्रो हुने बताएका छन् ।
‘हामीले पनि निमोठेर ल्याउँला भन्नुहुन्न । आउने साथीलाई बडो स्वागतका साथ पार्टीमा ल्याउनुपर्छ । जति धेरै मान्छे आउँछ त्यति राम्रो हुन्छ ।’ उनले अघि भने ।