काठमाडौं २ साउन । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको र प्रदेशसभाको निर्वाचनमा सत्ता गठवन्धनका दलहरुसँग मिलेर तालमेल गर्ने निणर्य गरेको छ ।
सोमबार पार्टी केन्दिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले आगामी चुनावमा तालमेल गरेर जाने निणर्य गरेको हो ।
कांग्रेसले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य राखेको भन्दै प्रवक्ता प्रकाशशरण महतले चुनावी तालमेलका लागि गठबन्धनका दलहरूसँग संवाद गरेर अगाडि बढ्ने निणर्य भएका बताए ।
उक्त निणर्यमा भनिएको छ, ‘संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका गर्दै जननताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’