काठमाडौं २ साउन । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण क्लामेक्स भेट बाटोमै कोल्याप्स भएको भन्दै व्यग्ंय गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भनिएको भेट अन्तिम समयमा आएर रद्ध भएपछि स्वदेश फकिएका थिए ।
नेता बाँस्कोटाले उत्तरी छिमेकीसंग डीनर खाएको चिसो हात पनि सुक्न नपाउॅंदै राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेक पुगेका प्रचण्डले पाईजामा भेटबाट आरम्भ गरेको दौडको क्लामेक्स भेट बाटोमै कोल्याप्स भएको भन्दे असफल भएको बताएका हुन् ।
उनले भाजपा अध्यक्ष नाड्डा, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेट गरेपनि मोदीसँगको भेट भने अन्तिम समयमा स्थगित गरिएको थियो ।
प्रचण्डको अपमान गर्न भ्रमण तालिका हेरफेर गरिएको दावी गरेका उनले भनेका छन् , ‘उनकै आग्रहमा भएको भ्रमणको तालीका गडबड हुनु खासमा अपमान होईन’ । स्वदेश फर्किएसँगै प्रचण्डले मोदीसँग भेट नहुनुको कारण भने आफुलाई थाहा नभएको बताएका थिए ।