कांग्रेसको बैठकमा गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर जाने प्रस्ताव — OSNepal

कांग्रेसको बैठकमा गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर जाने प्रस्ताव

LC (KTM) July 18, 2022 0

काठमाडौं २ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने भएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने प्रस्ताव पेश भएको हो । उक्त प्रस्ताव शीर्ष नेताहरुसँग सहमति गरेर आएकाले चुवानी तालमेल हुने एक नेताले बताए ।

तथापी, तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र बैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रे
सले बताएको छ ।

उक्त प्रस्तावमा भनिएको छ, ‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठिनक वस्तुस्थिति तथा पार्टी पक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग सम्वादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दैछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर