काठमाडौं । कलाकार महादेव त्रिपाठी टिकटक लाइभमा भाबुक हुँदै रुदै आएका छन् । हालैको एकदिन टिकटक लाइभमा आएका उनले रुदै सबै कलाकारलाई घमण्ड नगर्न आग्रह समेत गरेका छन् ।उनले भनेका छन् म कुनै बेला महोत्सव, स्टेज, कलेज प्रोग्राममा एकदम ब्यस्त थिएँ । त्यतिबेला म यति ब्यस्त थिएँ कि, खाना खाने समय पनि हुँदैनथ्यो । त्यतिबेला ममा एकदमै घमण्ड थियो ।
यति घमण्ड कि मजस्तो डान्सर कोही छैन, म जस्तो जादुगर कोही छैन । म जस्तो कमेडी कोही छैन, म जस्तो क्यारिकेचर गर्ने कोही छैनजस्तो फिल हुन्थ्यो मलाई । तर आज मलाई त्यही घमण्डले रुवाएको छ उनले भने । हुन पनि कुनै साय उनको डिमान्ड कुनैबेला स्टेज कार्यक्रमदेखि विदेश टुरमा उच्च थियो उनले खेलेका केही फिल्मले पनि राम्रै कमाइ गर्थे ।
विदेशका कार्यक्रममा समेत भ्याइनभ्याइ हुने उनी अहिले तर त्यसको ठीक विपरित उनी खाली जस्तै काम विहन छन् । उनले लाइभमा त्यतिबेलाको व्यस्त हुँदाको घमण्ड धेरै समय टिक्न नसकेको बताएका छन् ।
जिन्दगीमा लानु केही पनि रैनछ । यसले गर्दा नेपालका चर्चित कलाकार, गायकगायिका, नायकनायिका घमण्ड भन्ने चीजलाई टाढा राख्नुपर्ने रहेछ भन्दै घमण्ड भन्ने चिजलाई सबैले टाढा राख्नु पर्ने बताए । उनले २८ वटा देश घुमे पनि आफु खुशी हुन नसकेको बताएका छन् ।