सर्वोच्चले रिट खारेज गरिदिएपछि एआईजी पोखरेलले दिए राजीनामा — OSNepal

सर्वोच्चले रिट खारेज गरिदिएपछि एआईजी पोखरेलले दिए राजीनामा

LC (KTM) July 18, 2022 0

काठमाडौं २ साउन । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले पोखरेलले दायर गरेको रिट खारेज गरेपछि प्रहरी प्रधान कार्यालय नक्साल पुगेर उनले राजीमाना दिएका हुन् ।

आईजीपी नियुक्ति भएसँगै एआईजी पोखरेल एक महिना बिदामा बसेका थिए । प्रहरी नियमावली अनुसार ४५ दिनसम्म गयल हाजिर भएमा बर्खास्तसम्म गर्न सकिने व्यवस्था समेत रहेको छ ।

जसको अगाडी नै पोखरेलले राजीनामा दिएका हुन् । भोली मंगलबारबाट लागु हुने गरी उनले राजीनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर