आज प्रदेश १ भरीका कुन स्थानीय तहमा कति कोरोना संक्रमित थपिए जान्नुहोस् — OSNepal

आज प्रदेश १ भरीका कुन स्थानीय तहमा कति कोरोना संक्रमित थपिए जान्नुहोस्

LC (KTM) June 19, 2021 0

प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१, झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई,अर्जुनधारा, बा¥हदशी र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीयतह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीयतह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीयतह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ६७ हजार ८७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ । प्रदेश १ मा आज ९६० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १३३ महिला १४१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर