बाढी र पहिरोको अझै जोखिम छ, उच्च सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका — OSNepal

बाढी र पहिरोको अझै जोखिम छ, उच्च सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका

LC (KTM) June 19, 2021 0

सिन्धुपाल्चोक , ५ असार- हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ ।

सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर