गलेश्वरमा जङ्गलबाट निगालो ल्याइ भकारी बुन्दै १०५ वर्षिय बृद्ध — OSNepal

गलेश्वरमा जङ्गलबाट निगालो ल्याइ भकारी बुन्दै १०५ वर्षिय बृद्ध

LC (KTM) July 17, 2022 0

गलेश्वर :

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका १०५ वर्षिय पवबहादुर पुर्जा घरको आगनमा बसेर भकारी बुन्दै । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याइ भकारी बनाउनुका साथै घरायसी काम गर्दै आउनुभएको छ ।

गाँजासहित तीन भारतीय नागरिक पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो प्रतिबद्ध लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा २५ पोका (जम्मा दुई क्विन्टल ५० किलो) गाँजा बरामद गरेको गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

सो क्रममा ट्रकमा सवार भारत बिहार मोतिहारी थाना सुगौली–१९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा–२ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिनुभयो । गाँजा पक्राउ परेका तीनैलाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताउनुभयो ।

कालिकामा गाउँपालिकाको गाउँसभा हालसम्म हुन सकेन

स्थानीय तहले हरेक असार १० गतेभित्र आउँदो आवको बजेट तथा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भए पनि पर्साको कालिकामा गाउँपालिकाको गाउँसभा हालसम्म हुन सकेको छैन । जसले गर्दा आगामी आव २०७९/०८० का लागि पालिकाको बजेट तथा नीति तथा कार्यक्रम हालसम्म पनि आउन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर