रेप केसमा फसेका टिभी एक्टर पर्ल पुरीलाई जमानत भएपछि पनि लाग्यो ठुलो झट्का , साथी भन्छिन्– उनी पुरा शोकमा छन् — OSNepal

रेप केसमा फसेका टिभी एक्टर पर्ल पुरीलाई जमानत भएपछि पनि लाग्यो ठुलो झट्का , साथी भन्छिन्– उनी पुरा शोकमा छन्

LC (KTM) June 19, 2021 0

टेलिभिजनका चर्चित कलाकार पर्ल बी पुरीको रेप केशको मुद्धा चलिनै रहेको छ । उनी १५ जुनमा उनको जमानत मिलेको थियो । इण्डस्ट्रिका साथीहरुले पर्ल लाई एकदमै सर्पाेट गरिरहेका छन् ।

उनलाई न्याय दिलाउन सामाजिक सञ्जाल मार्फत क्याम्पेन नै चलाएका छन् । पर्ल चक्लेटी ब्वाईको रुपमा पहिचान बनाएको कलाकार रहेका छन् । उनी एकदमै नाम चलेका टेलिभिजनका कलाकार समेत रहेका छन् ।

केही समय अगाडि एक्टर पर्ल पुरीलाई नाबालिका लाई रेप गरेको आरोपमा पुलिसले नियन्त्रणमा लिएको थियो । तर अहिले उनी जमानतमा छुटेका छन् । जब उनी जमानतमा छुटेर बाहिर आएका छन् त्यहाँ देखी उनी एकदमै शोकमा रहेको उनकी मिल्ने साथी रश्मि आर्याले बताएकी छिन् ।

हिरासतबाट छुटे पछि यस्तो छ पर्लको हालत :

उनको साथी रश्मिले पर्ल निर्दाेष रहेको बताएकी छिन् । उनी एक ईमान्दार केटो भएको उनको साथीको दाबी छ । रश्मि पर्लको एकदमै नजिककी साथी हुन् । उनले भनिन्– जब उनी बेल बाट छुटे त्यहाँ देखी उनी शोकमा देखिएका छन् । म उसको एकदमै नजिकको साथी हु । त्यसैले म जान्दछु कि उनी बेकसुर छन् ।

रश्मिले पर्ल माथि लागेको आरोप एकदमै फोहोरी रहेको दाबी गरेकी छिन् । उनले न्यायपालिका प्रति पुर्ण बिश्वास र भरोसा रहेको भन्दै सत्य पक्कै पनि बाहिर आउने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर