काठमाडौं १ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा एमाले अध्यक्ष केपी ओलीले झुटो बोलेको आरोप लगाएका छन् ।
‘एमसीसी सम्झौतालाई त्यसमा समावेश गरिएको प्रावधान अनुसार नेपालको घरेलु ऐनभन्दा माथिल्लो हैसियतमा राख्न नेपालको सन्धि ऐनअन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएको ले एमसीसी अमेरिकाले सम्झौता हस्ताक्षर गर्दाको क्षणदेखि नै संसदबाट अनुमोदनका लागि दबाबसहित अनुरोध गर्दै आएको थियो ।’
नेता श्रेष्ठले भनेका छन् । सामाजिक सञ्जाल मार्फत नेता श्रेष्ठले अघि भनेका छन् , ‘तर त्यो सम्भव भइरहेको थिएन । पछिल्लोपटक केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।’