गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने उद्देश्यले प्रचण्ड र आरजुको भारत भ्रमण : महासचिव पोखरेल — OSNepal

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने उद्देश्यले प्रचण्ड र आरजुको भारत भ्रमण : महासचिव पोखरेल

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भइरहेको आरोप लगाएका छन् ।

आइतबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालको आन्तरिक राजनीतिमा भारतीय चलखेल बढेको भन्दै यस्तो आरोप लगाएका हुन् ।

‘नेपालीहरुको बीचमा नेपालको राजनीतिको मान्यतालाई खण्डित गर्ने काम गठबन्धनका नेताहरुबाट भइरहेको छ ।’ उनले भने ।

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने उद्देश्यले प्रचण्ड र आरजुको भारत भ्रमण भएको दावी गरेका उनले नेपालको राजनीतिबारे बाहिर बसेर छलफल गर्ने स्थिति उत्पन्न हुनु राष्ट्रिय हित र स्वाधिनतमाथि प्रश्न उठ्नु रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर