रियल र रिलका मिल्खा सिंह , बायोपीक फिल्म बनाउन कहानीको १ रुपैया मात्र छोराले राकेशसंग लिएका थिए — OSNepal

रियल र रिलका मिल्खा सिंह , बायोपीक फिल्म बनाउन कहानीको १ रुपैया मात्र छोराले राकेशसंग लिएका थिए

LC (KTM) June 19, 2021 0

एथलेटिक्सको दुनियाँमा भारतको झण्डा फहराउने एक महान धावक मिल्खा सिंह उर्फ द फ्लाईङ सिखले जुन १८ को रातमा आफ्नो आँखा सधैका लागि बन्द गरे । उनको निधनमा धेरैले शोक ब्यक्त गरे ।

मिल्खा सिंह यस्ता ब्यक्तित्व थिए जस प्रति हिन्दुस्तान पुरा गर्व गथ्र्याे । रियल लाईफमा मिल्खाको भुमीका उतार्ने जिम्मा कलाकार तथा अभिनेता फरहान अख्तरले पाएका थिए । सन् २०१३ मा फरहानले भाग मिल्खा भाग फिल्ममा मिल्खा सिंहको चरित्र निर्बाह गरेका थिए ।

उक्त फिल्म मिल्खा सिंहको जिन्दगीमा भएका संघर्ष तथा जमीन बाट उठेर आकाश छुने सफलताका कथामा आधारीत रहेको थियो । मिल्खाको उक्त संघर्षलाई इमान्दारीताका साथ फरहानले निभाएका थिए । फिल्मको धेरै जसो शटहरु रियल मिल्खा सिंहको जस्तै लाग्ने रहेका छन् । रनिंग ट्रयाकमा दौडनका लागि तयारी, कुददै गरेको यी सबै मिल्खाको रियल लाईफ संग दुरुस्तै मेल खाने खालको रहेको छ ।

रियलका मिल्खा र रिलका मिल्खा दुबै यो फिल्म रिलीज हुनुअघि एउटै मञ्चमा देखिएका थिए । उनले त्यतिबेला भनेका थिए– नयाँ पिढीलाई मिल्खा सिंहको बारेमा थाहा छैन , उनीहरुलाई मेरो मेहनत, पाकिस्तान–भारतमा मेरो संघर्षको बारेमा थाहा छैन तर मेरो नाम जान्दछन् । मिल्खा सिंहले त्यतिबेला बताएका थिएकी उनको बायोपीक फिल्मको लागि उनको छोरा जीवले राकेश ओमप्रकाश मेहरालाई चुनेका थिए । उनको छोराले एक रुपैयामा आफ्नो कहानी राकेशलाई दिने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर