चितवन, १ साउन :
भरतपुर महानगरपालिका-१० स्थित सिंचाई नहरमा डुबेर सोही महानगरपालिका-१० रमाईलो चोक बस्ने गोरखा सुलीकोट गाउँपालिका-४ घर भएका फुल बहादुर गुरूङको १० वर्षीय छोरा उजिया गुरूङको शनिबार दिउँसो मृत्यु भएको छ ।
उक्त नहरमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।