मेलम्ची खोलामा आएको बाढीले चनौट बजार क्षणभरमै बगर बन्यो — OSNepal

मेलम्ची खोलामा आएको बाढीले चनौट बजार क्षणभरमै बगर बन्यो

LC (KTM) June 19, 2021 0

हेलम्बु, ५ असार – चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् ।

स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताउनुभयो । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन् । उहाँले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताउनुभयो । “पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सवैलाई छ”, उहाँले भन्नुभयो, “साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन् ।” उहाँले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताउनुभयो । उहाँका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब रु सात अर्ब बराबरको क्षति भएको छ ।

विस्थापितलाई स्थायी रुपमा स्थापना-वागमती प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले जुरे पहिरो र भूकम्पबाट तङ्ग्रिँदै गर्दा बाढीले पुनः जिल्लालाई पहिलेको ठाउँमा पु¥याएको बताउनुभयो । उहाँले अहिले हेलिकप्टरबाट पहिरोमा परेकालाई उद्धार, बेपत्ताको खोजी जारी र मृतकको शव खोज्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

उहाँले विस्तापितलाई स्थायी रुपमा स्थापित गरिने बताउनुभयो । “विस्थापितलाई स्थापित गर्नका लागि स्थानीय सरकारसँग मिलेर जग्गा उपलब्ध गराउने र सङ्घीय सरकारसँग मिलेर पुनर्निर्माणको काम गर्नेछौँ”, उहाँले भन्नुभयो, “पुनस्र्थापना गर्नका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।” उहाँले गत वर्ष पुनस्र्थापना गर्न बाँकी रहेका र अहिले बाढीपहिरामा परेकालाई स्थायी बसोबास गर्नका लागि सरकारले काम अगाडि बढाइरहेको छ । उहाँका अनुसार प्रदेश सरकारले विस्थापितलाई रु ५० हजार तुरुन्तै, घरजग्गा नभएकालाई घडेरी किन्न रु तीन लाख र घर बनाउनका लागि रु पाँच लाख दिनेछ ।

पूर्वाधारका लागि छुट्टै रकम-प्रदेश सरकारले विस्थापितको घर नजीक बाटोघाटो, विद्युत्, ढल निकास र खानेपानीका लागि छुट्टै रकम उपलब्ध गराउने भएको छ । “न्यूनतम पाँच घरपरिवारको एउटै बस्ती बन्छ भने एक परिवार बराबर रु पाँच लाखका दरले पूर्वाधार विकासका लागि दिनेछौँ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले कानून बनाएर बजेट नै विनियोजन गरेको छ, यसमा सङ्घ र स्थानीय सरकारको दायित्व रहेको छ ।”

उहाँले जोखिम भएको ठाउँबाट बस्तीलाई अन्यत्र सारी एकीकृत बस्ती बनाउने सरकारले बताउनुभयो । चनौट बजारमा करीब ११० घरपरिवार बाढीका कारणले विस्थापित भएका छन् । वाग्मती प्रदेशले हेभिटेन्ट ५० थान र त्रिपाल सय थान तथा १० प्याक औषधि बाढीपीडितलाई उपलब्ध गराएको थियो । यस्तै तिलगङ्गा आँखा अस्तालले सय परिवारलाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर