आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? — OSNepal

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

LC (KTM) July 17, 2022 0

काठमाडौँ –

नेपाली बजारमा आइतबार सुनको भाउमा गिरावट देखिएको छ। शुक्रबारको तुलनामा सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै छापावाल सुनको भाउ ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको भाउ पनि ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको भाउ भने बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर