श्रीलंका : यी युवतीले राष्ट्रपति भवन अगाडी खिचाएका तस्विर बने रातारात भाइरल — OSNepal

श्रीलंका : यी युवतीले राष्ट्रपति भवन अगाडी खिचाएका तस्विर बने रातारात भाइरल

LC (KTM) July 16, 2022 0

काठमाडौँ :

पछिल्ला दिनमा श्रीलंका टाट पल्टिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका बेला राष्ट्रपति भवनमा निरन्तर प्रर्दशन भइरहेको छ । खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक बस्तुको अभाव भइरहेका बेला एक युवतीले राष्ट्रपति भवन अगाडी ग्ल्यामर्स फोटो सुट गराएकी छिन् ।

जारी विरोध र प्रर्दशनकाबिच राष्ट्रपति भवन अगाडी फोटोसुट गराउने युवती हुन् मधुहंशी हसिनथारा । उनले कैयौँ तस्विरहरु राष्ट्रपति भवन अगाडी खिचाएर फेसबुकमा अपलोड गरे लगत्तै ति तस्विरहरु भाइरल बनेको आजतकले उल्लेख गरेको छ ।

ति युवतीले आफ्नो फेसबुकमा २६ वटा तस्विरहरु पोस्ट गरेकी छिन् । तस्विरमा उनले राष्ट्रपति भवनका सबै कुना काप्चामा समय दिएकी छिन् । १३ जुलाईमा फेसबुमा पोस्ट गरिएका तस्विरले यो समाचार तयार पार्दासम्म २० हजार बढी लाइक पाइसकेका छन् भने ९ हजार बढीले उक्त तस्विर सेयर गरेका छन् ।

सार्वजनिक तस्विरमा १५ सय भन्दा बढी कमेन्टहरु आएका छन् । पछिल्ला दिनमा श्रीलंका टाट पल्टिएसँगै नेताहरुबिच भागाभाग भएको छ ।

देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए ।

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न पाएका थिएनन् । श्रीलंकामा राजापाक्षेको राजनीतिक परिवारलाई एकपछि अर्को झट्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर