भारतका महान धावक मिल्खा सिंहको निधन, अमिताभ बच्चन सहितका बलिउडकर्मीले दिए श्रद्धाञ्जली — OSNepal

भारतका महान धावक मिल्खा सिंहको निधन, अमिताभ बच्चन सहितका बलिउडकर्मीले दिए श्रद्धाञ्जली

LC (KTM) June 19, 2021 0

भारतका महान धावक तथा शानदार ब्यक्तित्व मिल्खा सिंहले यो संसार छोडेर गएका छन् । अर्थात उनको निधन भएको छ । शुक्रबार १८ जुनमा चंढीगढको पीजीआई अस्पतालमा राती उनको निधन भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

उनको निधनले समग्र खेल जगत तथा फिल्म जगत स्तब्ध बनेको छ । उनको निधन प्रति खेल जगतका तथा बलिउडका महान हस्तिहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । बलिउडका अमिताभ बच्चन, फरहान अख्तर, शाहरुख खान, अजय देवगन, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमा पोष्ट सार्वजनिक गर्दै शोक ब्यक्त गरेका छन् ।

अमिताभ बच्चनले श्रद्धाञ्जली दिदै लेखेका छन्– शोकमा..मिल्खा सिंग छोडेर गए..भारतका शान….एक महान एथलीट….एक महान ब्यक्ति । शाहरुख खानले पनि लेखेका छन्– द फ्लाईङ सिख अब शारिरीक रुपमा हाम्रो साथमा छैनन् । उनको सामिप्यता सधै सबै संगै हुनेछ…..मेरो प्रेरणाको स्रोत रेष्ट इन पिस मिल्खा सिंह सर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर