चीनले भन्यो -अमेरिकाले, नेपाल र नेपाली जनतालाई अपमानित गर्यो, यसलाई चीनले दृढतापूर्वक अस्वीकार गर्छ — OSNepal

चीनले भन्यो -अमेरिकाले, नेपाल र नेपाली जनतालाई अपमानित गर्यो, यसलाई चीनले दृढतापूर्वक अस्वीकार गर्छ

LC (KTM) July 15, 2022 0

काठमाडौं ३१ असार । अमेरिकाका प्रस्तावित राजदूतले एमसीसीबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालस्थिति चिनियाँ दूतावासले खण्डन गरेको छ ।प्रस्तावित राजदूत डिन थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको अभिव्यक्ति दिएपछि चीनले खण्डन गरेको हो ।

उनले भनेका छन्, ‘हामीले थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएका छों । यो सबैलाई थाहा छ कि एमसीसी कम्प्याक्टको विषयमा नेपालमा तातो बहस भएको थियो । नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको छ, जुन घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख छ । नेपाल अमेरिकाको कुनै पनि सैन्य रणनीतिको अंग नहुने पनि स्पष्ट पारिएको छ । यो नेपाली सरकार र जनताले उनीहरुको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम हो ।’

‘अमेरिकी पक्षबाट आएको प्रतिक्रिया विलकुल आधारहिन छ । यसले चीनलाई मात्र आरोपित गरेको छैन, नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको छ । वास्तविक दुष्प्रचार हो । चीन यसलाई दृढतापूर्वक अस्वीकार गर्छ ।’

दूतावासका प्रवक्ताले निकट छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षामा निरन्तर सघाउने तथा नेपाली जनतालाई उनीहरुको आफ्नो विकासको मार्ग स्वतन्त्रतापूर्वक पहिल्याउनु सहयोग बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर