एजेन्सी :
चर्चित पन्जाबी गायक दलेर मेहन्दी मानव तस्करीको अभियोगमा २ वर्ष जेल जाने भएका छन् । सन् २००३ मा मानव तस्करी गरेको आरोप लागेका उनी सन् २०१८ मा दोषी ठहर भएका थिए।
सोही मुद्दामा उनलाई थप २ वर्षको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
२०१८ मै उनी सोही केसमा धरौटीमा छुटेका थिए। उनले गैर कानुनी रूपमा मानिसहरूलाई विदेश पठाएको र यसको लागि ठुलो रकम लिएको बताइएको छ। समाचार अनुसार उनलाई प्रहरीले पक्राउ गरिसकेको र अब जेलमा पठाउने तयारी भइसकेको भारतिय मियिाले जर्नाका छन् ।
उनले धेरै मानिसलाई मेरिका र क्यानडा० पठाउन सक्ने वाचा दिएर मोटो रकम लिएको खुल्न आएको छ ।