चर्चित गायक मिक्का सिंह आफ्नो जिवनसाथी छान्न ब्यस्त , कोलकत्ताकी प्रान्तिका दास संग डेट गर्दै — OSNepal

चर्चित गायक मिक्का सिंह आफ्नो जिवनसाथी छान्न ब्यस्त , कोलकत्ताकी प्रान्तिका दास संग डेट गर्दै

LC (KTM) July 14, 2022 0

सुपरस्टारसँग बिहे गर्ने सपना हरेक केटीको रहेको हुन्छ । त्यस्तै आफ्नो लागि जोडी खोजीरहेका एक चर्चित गायक मिका सिंह संग बिबाह गर्न जो कोही लालायीत हुनु स्वभाविक रहेको छ । धेरै जना केटीहरु उनको दुलही बन्न चाहन्छन्। ती मध्ये एक हुन् कोलकाताकी प्रान्तिका दास, जो मिका सिंहसँग बिहे गर्ने सपना बोकेर गायकको स्वयंवरमा सामेल भएकी छिन् ।

मिका सिंहसँग प्रान्तिकाको केमेस्ट्री एकदमै राम्रोसँग मिलिरहेको छ । दुवैलाई सँगै देखेर फ्यान पनि निकै खुसी छन् । मिका सिंहको स्वयम्वरमा सहभागी सबै युवतीहरु उनको मनमा ठाउँ बनाउन सक्दो प्रयास गरिरहेका छन् । सबै युवतीले खुलेर मिकाप्रति आफ्नो प्रेम व्यक्त गरिरहेका छन् । तर, बेहुला राजा मिका सिंहको मुटु कुन केटीका लागि धड्किरहेको छ भन्ने कुरा के हो ?

मिकालाई अहिलेसम्म सबैभन्दा प्रभावित पार्ने केटी हुन् कोलकाताकी प्रान्तिका दास । आउनुहोस् तपाईलाई बताउनुहोस मिकाको मनपर्ने राजकुमारी प्रान्तिका दास को हुन् ? प्रान्तिका दास कोलकाताकी निवासी हुन् । प्रान्तिका अभिनेत्री तथा मोडल हुन् । उनले तेलुगु र बंगाली फिल्ममा काम गरेकी छिन् । प्रान्तिका केही म्युजिक भिडियोमा पनि देखिएकी छिन् । प्रान्तिकाले धेरै सौन्दर्य प्रतियोगितामा पनि भाग लिएकी छिन् । सन् २०१९ मा, प्रान्तिका बंगालको टप १२ मोडलमा आफ्नो स्थान बनाउन सफल भइन्, त्यसपछि उनी बंगाली क्यालेन्डरमा समावेश भएकी थिइन् । सन् २०२१ मा प्रान्तिका बंगाली सर्ट फिल्म जय हिन्दमा पनि देखिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर