पारिश्रमिक बढाएर ५० लाख पुर्याएका नायक विपिन कार्कीले मुड छैन भनेपछि सुटिङ नै नगरी फर्कियो ‘प्रसाद २’को टिम — OSNepal

पारिश्रमिक बढाएर ५० लाख पुर्याएका नायक विपिन कार्कीले मुड छैन भनेपछि सुटिङ नै नगरी फर्कियो ‘प्रसाद २’को टिम

LC (KTM) July 14, 2022 0

काठमाडौँ ।

फिल्म ‘प्रसाद २’को टिम सुटिङ नै नगरि फर्किएको छ । कारण हुन् नायक विपिन कार्की । सिक्वेल फिल्मका लागि विपिन कार्कीले बढी लफडा झिकेसँगै फिल्मको छायांकन प्रभावित भएको निर्माण यूनिटले जनाएको छ ।

पछिल्लो समय पारिश्रीमक बढाएर ५० लाख पुराएका अभिनेता कार्कीले निर्देशक सुदर्शन थापालाई ‘रचनात्मक असमझदारी’को प्रश्न गरेपछि समस्या सुरु भएको हो । निर्देशक थापालाई भिजुअल ल्यांग्वेज के हो र सट के हो भनेर फिल्मका मुख्य कलाकार विपिन कार्कीले प्रश्न गरेपछि ‘प्रसाद २’को छायांकन अन्तिम समयमा स्थगित भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अभिनेता विपिन कार्की ले मुड छैन भन्दै सेट बाट निक्लेर आमा भेट्न काठमान्डौ आएपछि निर्माण यूनिट पनि फिल्मको छायांकन नै नगरी फर्किएको छ ।

त्यस्तै नम्रता पनि अभिनेता रेमनदास श्रेष्ठको बिहेमा सहभागी हुन बिहीबार काठमाडौँ आइपुगेकी छन् । विपिन कार्की मुड छैन भन्दै आमा भेट्न काठमाडौँ हिँडेपछि कलाकार र निर्माण यूनिट तितरबितर भएको स्रोतले जनाएको छ ।

फिल्म भित्रकै एक सदस्यका अनुसार कलाकारहरुले २ सातादेखि वर्कशप गर्ने, गाउँ घुम्ने काम गरिरहेका थिए । तर, फिल्मको छायांकनका लागि सबै तयार गरेर क्यामेरा अन गर्दा कलाकारहरु नै तयार नभएको भन्दै लफडा झिकेपछि निर्माता केशव पाण्डे पनि विच्किएका थिए ।

फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, अर्पण थापा, राज कटुवाल लगायतका कलाकारको अभिनय रहने निर्माण यूनिटले जनाएको भएता पनि अब के हुन्छ भन्ने कुरा तत्कालै भन्न नसकिने अवस्थामा पुगेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर