राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा पाँच लाखभन्दाको आवेदन — OSNepal

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा पाँच लाखभन्दाको आवेदन

LC (KTM) July 14, 2022 0

काठमाडौं, ३० असार:

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा ५८ करोड ५६ लाख ५८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बिहीबार बिहान १०.३० बजेसम्ममा पाँच लाख सात हजार ६३७ जनाले ५८ लाख ५६ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.६९ गुणा बढी आवेदन हो ।

कम्पनीले बुधबार (असार २९ गते) बाट २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वाप्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’प्रदान गरेको छ । जसले कम्पनीको दायित्वबहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर