बारीमा घाँस काट्न गएका तुलबहादुर मीलनलाई पछाडिबाट बाघले थिच्यो — OSNepal

बारीमा घाँस काट्न गएका तुलबहादुर मीलनलाई पछाडिबाट बाघले थिच्यो

LC (KTM) June 19, 2021 0

बारीमा घाँस काट्न गएका तुलबहादुर मीलनलाई पछाडिबाट बाघले थिच्यो
कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मीलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीको प्रतिकारका क्रममा बाघको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर