काठमाडौं । कलाकार दमन रुपाखेतीले हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशकबाट हात झिेकाका छन् । ‘प्रोडक्सन टिमसँगको असमझदारीले सिरियल छाडेको कलाकार दमनले बताए ।
निर्माण कम्पनी मिडिया हबसँग सम्बन्ध छैन भन्दै उनले मंगलबारको एपिसोडबाट आफू ‘मेरी बास्सै’बाट अलग भएको बताए । मिडिया हबका सञ्चालक सोम धितालको दबाब थेग्न नसकेर रुपाखेतीले ‘मेरी बास्सै’ छाडेको बताइएको छ । यो सिरियल नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।
उनले केही समयदेखि हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशन गरिरहेका थिए ।