नेता बस्नेतको प्रश्न बाबुराम र उपेन्द्रलाई :ठाकुर र राजेन्द्रलाई समर्थन गर्ने तीन जना साँसदहरुलाई कहाँ लुकाएर राख्नु भएको छ ? — OSNepal

नेता बस्नेतको प्रश्न बाबुराम र उपेन्द्रलाई :ठाकुर र राजेन्द्रलाई समर्थन गर्ने तीन जना साँसदहरुलाई कहाँ लुकाएर राख्नु भएको छ ?

LC (KTM) May 12, 2021 0

काठमाडौं २९ बैशाख । नेकपा (एमाले) का युवा नेता तथा सांसद महेश बस्नेतले अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने कांग्रेसका सभापति शेरबहादुर देउवा ,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलहरु आज रातारात जनता समाजबादी पार्टीफोर्न किन लागेका छन ,राती अबेर सम्म किन माधब नेपाल र भिम रावल भेटिरहेको भन्ने विषय प्रति कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता बस्नेतले विपक्षीदलका सबै नेताहरु प्रति टिप्पणी गरेका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुारम भट्टराईप्रति पनि गम्भीर आरोप लगाएका छन् ।

उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुारम भट्टराईप्रति पनि गम्भीर आरोप लगाएका छन् । उनले भनेका छन्, बाबुराम र उपेन्द्र यादवहरुले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना साँसदहरुलाइ कहाँ लुकाएर राख्नु भएको छ ? के तिनीहरु अपहरणमा परेका होइनन ? लुम्बिनी प्रदेशका सांसदहरूलाइ घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कस्को सेवा गरिरहनु भएको छ ? बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चाहना र उपेन्द्रको मनमा रहेको उपप्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नु भएको छ ?

बस्नेतले लेखेका छन्,
सरकारले दल बिभाजन सम्बन्धि अध्यादेश लेउन खोज्दा २ वटा प्रश्न उठाइयो एउटा आफ्नो पार्टीको बिभाजन गर्न रदोर्सो अर्काको पार्टी फोर्न र सांसदरुलाइ अनुचित प्रभावमा पार्न प्रधानमन्त्रीले प्रयास गर्नुभयो। अझ भन्नू पर्दा मन्त्री खान कुर्ता सुरुवाल लगाएर घरमा श्रीमती संग बिदा भएर टीका लगाएर आएका डा सुरेन्द्र यादबलाइ अपहरण गरियो।

आज बर्तमान सरकारले बिस्वासको मत लिने र संबिधानको धारा ७६(२) को सरकार बनाउने प्रक्रिया अगाडि बडदा यी प्रश्न उठाउने मित्रहरुलाइ नैतिकताको गम्भीर प्रश्न उठेको छ। यसको जबाफ निर्ममताका साथ दिनै पर्दछ।

१. राजनीति बिचार, आस्था र बिस्वासको कुरा हो कुनै नेता या पार्टी मन नपर्दा छुट्टिन पाउनु पर्दछ। यो लोकतान्त्रको सुन्दर पक्ष हो। तसर्थ यसलाइ प्रचण्ड संग मिलेर दाउपेचको राजनितीको विषय गर्ने क माधब नेपाल आफ्ना सांसदहरुलाइ राजिनामा दिने तहमा पुग्नु भयो। प्रधानमन्त्रीले ल्याएको अध्यादेशलाइ पास गरेको भए सांसदहरुको यो हालत हुनेथिएन कि !

२. आज प्रचण्ड,बाबुराम र उपेन्द्र यादबलाइ प्रधानमन्त्री के पी ओलीलाइ नहटाइ भएको छैन। रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाइ सत्ताको नेतृत्व नलिभएको छैन।तसर्थ अर्काको पार्टी फोर्न हुन्न भनेर आदर्शका कुरा गर्ने देउबा, प्रचण्ड, रामचन्द्रहरु रातारात जनता समाजबादी पार्टीफोर्न किन लागेका छन! राती अबेर सम्म किन माधब नेपाल र भिम रावल भेटिरहेको छन।

३. आज बाबुराम र उपेन्द्र यादवहरुले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना साँसदहरुलाइ कहाँ लुकाएर राख्नु भएको छ? के तिनीहरु अपहरणमा परेका होइनन? लुम्बिनी प्रदेशका सांसदहरूलाइ घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कस्को सेवा गरिरहनु भएको छ? बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चहना र उपेन्द्रको मनमा रहेको उप प्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नु भएको छ?
५. कांग्रेस सभापति देउबालाइ ०५२ सालमा सांसद किनबेच देखी अनेक बिकृतिको दाग लागेकै हो। अब फेरि सांसद खरिद बिक्री प्रक्रिया र पद (मन्त्री) बाँडने काम सुरु भएको छ। त्यो कुकर्म तिर लाग्दा काँग्रेसको लोकतान्त्रिक छवि र कतिपय युवा सथीहरुको सिलिबेट्री बन्ने नाटकिय प्रवृत्ति नङ्गिदैन र ?
६. प्रधानमन्त्रीले स्पष्ट भन्नुभएको छ । म सत्ता टिकाउन कुनै हर्कत गर्दिन। मेरो बिरुद्ध बहुमत पुग्दा विपक्षमा बस्न तयार छु। मेरो पक्षमा बहुमत पुगे शुख, समृद्धि र कोबिड विरुद्धको अभियानमा लाग्नेछु, कतै पनि बहुमत नपुगे छिटो निर्वाचनमा जाँउ।अबको परिस्थितिलाइ सहज ढङ्गले टुङ्गाउ अनि कोबिड बिरुद्ध अभियानमा सबै राजनैतिक दलहरु लागौं।
यो नै आजको आबास्यकता होइन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर