निजी डेरीले पाए अत्यावश्यक सेवासरह ढुवानी प्रतीकचिह्न — OSNepal

निजी डेरीले पाए अत्यावश्यक सेवासरह ढुवानी प्रतीकचिह्न

LC (KTM) June 19, 2021 0

काठमाडौँ-निजी क्षेत्रको डेरी उद्योगले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिह्न पाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले पहिलो पटक काभ्रेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरलाई ढुवानी लोगो दिएको हो । यसअघि बोर्डले बुधबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का गाडीमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भएबमोजिम प्रक्रिया पु¥याएर लोगो वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको हो ।

संस्थानपछि क्रमशः प्रक्रियासहित निवेदन आएका नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको जनाइएको छ । अब लोगो अङ्कित गाडी निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न पाउनेछन् ।दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा आएका निवेदनअनुसार परीक्षण गरी लोगो उपलब्ध गराइएको कार्यकारी निर्देशन यादवले जानकारी दिनुभयो ।सरकारले दूध तथा दुग्धजन्य पदार्थको ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र उक्त सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो प्रदान गरिएको यादवले जानकारी दिनुभयो ।

यसअघि किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पु¥याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दूधका गाडी देशभर आवातजावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो । ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको थियो ।गत चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने लोगो (प्रतीक चिह्न)को सार्वजनिक अनावरण गर्नुभएको थियो ।(रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर