कैलाली २९ असार । सुदूरपश्चिम प्रदेश सरकार प्रतिपक्षी दलको माग सम्बोधन गर्न तयार भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरुको बैठकमा प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो ।
बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजैबाट प्रदेशसभा सुचारु हुने भएका छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहित तीन मन्त्रीले गरेको निणर्यमा भनिएको छ, प्रतिपक्षी दलहरूबाट आएका मागहरू र आवश्यकता र औचित्यका आधारका आएका योजनाहरू प्रदेश आर्थिक योजना आर्थिक कार्यविधि ऐन तथा नियमावली विनियोजन ऐन र सुशासन ऐनको परिधि भित्र रही सम्बोधन गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको छ । सोही बमोजिम प्रतिपक्षी दलले सदन सुचारु गर्ने कुरामा सहयोग गर्नेछ।’
सहमति सँगै अहिले ३ बजे प्रदेशसभा बैठक बस्ने भएको छ ।