जंगली हात्तिको अगाडि सेल्फी लिने मोरंगका एक युवकको यसरी गयो ज्यान — OSNepal

जंगली हात्तिको अगाडि सेल्फी लिने मोरंगका एक युवकको यसरी गयो ज्यान

LC (KTM) June 18, 2021 0

मान्छेको शोख पनि अनेक नै हुने गर्छ । झन् अहिले प्रबिधिको प्रयोग बढे संगै मानिस यसमै हराएका छन् । त्यसमाथि मोबाईल भेटेपछि घरमा सब्जी डढेको देखी लिएर बाटामा मोबाईल चलाउँदै हिड्दा लडेको समेत घटना सामान्य नै बनिसके ।

मोरंगको सुनबर्षिमा यो भन्दा अलि फरक खालको घटना घटेको छ । जंगली हात्तिको अगाडि सेल्फि लिने क्रममा हात्तिको आक्रमण बाट एक जनाको ज्यान नै गएको छ । घटना हो मोरङको सुनवर्षी नगरपालिका–८ कुरेली को ।

त्यहाँ जङ्गली हात्तीको अगाडी गएर सेल्फी खिच्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा सुनबर्षी नगरपालिका–८ का २१ वर्षीय मनोहर मियाको निधन भएको खबर छ । यो घटना आज बिहान सवा ७ बजे को हो ।

भारतबाट नेपाल प्रवेश गरेको एउटा जङ्गली हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो । घटनास्थलमा घाइते हुन पुगेका मियाको बिहान सवा ८ बजे न्युरो अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर